प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकपको विजेतालाई २ लाख २२ हजार पुरस्कार

Logo
Popular News बिहिबार, आश्विन २२, २०८३

इनरुवा, २२ असोज । प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगितामा उपाधि जित्ने टोलीले २ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ११ हजार १११ रुपैयाँ पाउनेछ।

गोल्डकपका संयोजक पुस्तक राईका अनुसार प्रतियोगितालाई आकर्षक बनाउन विभिन्न व्यक्तिगत विधामा समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र नवउदयमान खेलाडीले जनही ३ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ।

यसैगरी, प्रत्येक खेलका उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही २ हजार ५०० रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ। संयोजक राईका अनुसार यस विधामा सात खेलाडीलाई कुल १७ हजार ५०० रुपैयाँ पुरस्कार वितरण गरिनेछ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई ट्रफी प्रदान गरिनेछ भने खेलाडीहरूलाई मेडल र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई विशेष ट्रफी तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800