कोशी गाउँपालिकामा कांग्रेसको पदस्थापन कार्यक्रमलाई लिएर विवाद, गफार अन्सारी मियाँको आपत्ति

गफार अन्सारी मियाँले ऐयुव अन्सारीको कार्यकाल समाप्त भइसकेको दाबी गर्दै उक्त कार्यक्रमसम्बन्धी अपिलप्रति असहमति जनाएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विधिसम्मत प्रक्रियाबाट आफू क्षेत्रीय सभापति चयन भएको उनको दाबी छ।
Logo
Popular News मंगलबार, आश्विन २७, २०८३

इनरुवा, २७ असोज । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत कोशी गाउँपालिकामा वडा तथा गाउँपालिका अधिवेशनबाट निर्वाचित कार्यसमितिहरूको पदस्थापन कार्यक्रम आयोजना गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ। क्षेत्रीय सभापति गफार अन्सारी मियाँले पदस्थापन कार्यक्रमसम्बन्धी जारी अपिलप्रति आपत्ति जनाएका छन्।

कोशी गाउँपालिकाका सभापति साहजमालको नामबाट जारी अपिलमा २०८३ असोज २८ गते दिउँसो २ बजे लौकहीस्थित बीपी स्मृति भवनमा पदस्थापन कार्यक्रम आयोजना हुने उल्लेख छ। उक्त कार्यक्रम क्षेत्रीय सभापति ऐयुव अन्सारीको प्रमुख आतिथ्यतामा हुने जनाउँदै वडा तथा गाउँपालिका अधिवेशनबाट निर्वाचित सभापति, कार्यसमिति, पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ।

तर, गफार अन्सारी मियाँले ऐयुव अन्सारीको कार्यकाल समाप्त भइसकेको दाबी गर्दै उक्त कार्यक्रमसम्बन्धी अपिलप्रति असहमति जनाएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विधिसम्मत प्रक्रियाबाट आफू क्षेत्रीय सभापति चयन भएको उनको दाबी छ।

मियाँका अनुसार सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भइसकेका छन्। उनीहरू पार्टीको केन्द्रीय महाधिवेशन प्रक्रियामा समेत सहभागी भई अधिवेशन सम्पन्न भइसकेको उनको भनाइ छ।

उनले पार्टीको विधि, विधान र पदाधिकारीहरूको जिम्मेवारीअनुसार मात्रै सूचना तथा अपिल जारी गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। पार्टीको विधान र पदिय जिम्मेवारीविपरीत भ्रामक सूचना जारी गरिए कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत उनले दिएका छन्।

यस विषयमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरी, कोशी प्रदेश कार्यसमिति, केन्द्रीय निर्वाचन कार्यसमिति तथा केन्द्रीय कार्यसमितिलाई समेत बोधार्थ पठाइएको जनाइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800