कुशवाहा राष्ट्रसेवक समाजद्वारा उत्कृष्ट विद्यार्थी र राष्ट्रसेवक सम्मानित

Logo
Popular News आइतबार, कार्तिक ०२, २०८३

इनरुवा, १ कार्तिक । कुशवाहा राष्ट्रसेवक समाज विराटनगरले कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने कुशवाहा समुदायका विद्यार्थी, सरकारी सेवामा नवप्रवेशी तथा सेवा निवृत्त राष्ट्रसेवकहरूलाई सम्मान गरेको छ।

समाजको तेस्रो वार्षिकोत्सवको अवसरमा सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा छात्रातर्फ भूमिका कुमारी मेहता र छात्रतर्फ प्रभात मेहतालाई सम्मान गरिएको हो। दुवै विद्यार्थीले कक्षा १२ मा उत्कृष्ट अंक हासिल गरेका थिए।

विजयादशमीको शुभकामना आदानप्रदानसँगै आयोजित कार्यक्रममा सरकारी सेवामा प्रवेश गरेका १३ जना नवप्रवेशी र सात जना सेवा निवृत्त राष्ट्रसेवकलाई समेत सम्मान गरिएको छ।

सम्मानित नवप्रवेशीहरूमा सविता मेहता, सुनिल मेहता, हरिशंकर मेहता, रणधिर मेहता, शिवनारायण मेहता, मिथलेश मेहता, प्रवेश मेहता, मुकेश मेहता, कविता कुमारी मेहता, विजय मेहता, अजय कुमार मेहता, गायत्री मेहता र सरस कुशवाहा रहेका छन्।

त्यसैगरी, सेवा निवृत्त राष्ट्रसेवकहरू शिवशंकर मेहता, राजेन्द्रप्रसाद मेहता, सुमित्रा मेहता, सदानन्द मेहता, रामलखन मेहता, झरिलाल मेहता र दिलीप मेहतालाई सम्मान गरिएको समाजले जनाएको छ।

समाजका अध्यक्ष राम खेलावन मेहताको अध्यक्षता तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक रामशरण मेहताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न सरकारी सेवामा कार्यरत तथा सेवा निवृत्त राष्ट्रसेवकहरूको सहभागिता रहेको अध्यक्ष मेहताले जानकारी दिए।

अध्यक्ष मेहताले युवाहरूलाई प्रेरित गर्ने, ज्येष्ठ नागरिकको सम्मान गर्ने तथा सबैको समन्वय र सहकार्यमा कुशवाहा समुदायको सशक्तीकरण र विकासका लागि समाजले काम गरिरहेको बताए।

कार्यक्रमका संयोजक श्यामसुन्दर मेहताले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आफूले अथक प्रयास गरेको बताए। उनले कुशवाहा समुदायको आर्थिक तथा शैक्षिक विकाससँगै राजनीतिक नेतृत्वमा समेत समुदायको पहुँच बढाउन आवश्यक रहेकोमा जोड दिए।

समुदायको समग्र विकासका लागि शिक्षा, आर्थिक सशक्तीकरण र राजनीतिक सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800