मोटरसाइकल दुर्घटनामा नेकपा नेता पप्पु मण्डल घाइते

Logo
Popular News सोमबार, कार्तिक ०३, २०८३

इनरुवा, २ कार्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित धर्म काँटानजिक रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा नेकपा सुनसरीका सहइन्चार्ज योगेन्द्रप्रसाद मण्डल ‘पप्पु’ घाइते भएका छन्।

लौकहीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०५७ प १२३६ नम्बरको मोटरसाइकल आइतबार साँझ करिब ७ बजे भे १ त ७०२४ नम्बरको रोकिराखेको ट्याक्टरमा ठोक्किएको थियो।

दुर्घटनामा घाइते मण्डलको भोक्राहा नरसिंहस्थित सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800