इनरुवा, २ कार्तिक । सुनसरीको इनरुवामा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नन-भेट्रान टोलीलाई २–० गोल अन्तरले पराजित गर्दै भेट्रान टोली विजयी भएको छ।
पूर्व खेलाडी इनरुवाको आयोजनामा भेट्रान र नन-भेट्रान टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो। युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने, दुर्व्यसनबाट जोगाउने तथा युवा सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतिस्पर्धात्मक तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न खेलमा भेट्रान टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेको थियो। जवाफमा नन-भेट्रान टोलीले गोल गर्न नसकेपछि भेट्रान टोली २–० गोल अन्तरले विजयी बनेको हो।
आयोजकका अनुसार आगामी दिनमा पनि युवा सशक्तीकरण, सामाजिक सद्भाव र सकारात्मक सामाजिक रूपान्तरणका लागि खेलकुदलगायत रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइनेछ।