भोक्राहा नरसिंहमा ब्राउन सुगर र १६२ ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा

Logo
Popular News सोमबार, कार्तिक ०३, २०८३

इनरुवा, २ कार्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ बाट ब्राउन सुगरजस्तो पदार्थ र लागूऔषधका १६२ ट्याब्लेटसहित भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार अर्सद अन्सारीको घरअगाडि शंकास्पद अवस्थामा पार्किङ गरिएको बीआर ३८ एजे ७३१२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषध फेला परेको हो।

मोटरसाइकलको ट्याङ्कीको साइड कभरभित्र लुकाएर राखिएको अवस्थामा ३.६३ ग्राम ब्राउन सुगरजस्तो पदार्थ, स्पास्मोका ७२ ट्याब्लेट र निट्जासेसेनका ९० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी चिरौलीचोक र भोक्राहाबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकल र बरामद लागूऔषध नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800