एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै, विजेताले डेढ करोड पाउने

Logo
Popular News सोमबार, कार्तिक १०, २०८३

इनरुवा, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका लागि मैदानमा अन्तिम तयारी  पूरा भएको छ।

यसपटक प्रतियोगिताको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। अघिल्लो संस्करणको तुलनामा विजेताको पुरस्कार राशि ४० लाख रुपैयाँले बढाइएको क्यानले जनाएको छ।

क्यानले आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशि बढाइएको जानकारी दिएको हो। पुरस्कार राशि वृद्धिसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने अपेक्षा गरिएको छ।

आठ टोलीको सहभागिता रहने तेस्रो संस्करणको एनपीएलले नेपाली क्रिकेटप्रेमीमाझ उत्साह थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800