ललितपुरबाट १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

Logo
Popular News मंगलबार, मंसिर ०२, २०८३

इनरुवा, १ मंसिर । ललितपुरबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २२० रुपैयाँसहित तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बा.प्र.१–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकम बरामद गर्दै तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्।

प्रहरीका अनुसार नख्खुचोकतर्फबाट अघि बढिरहेको भ्यानलाई रोकेर जाँच गर्ने क्रममा भ्यानभित्र रहेको बोराबाट स्रोत नखुलेको रकम बरामद भएको हो।

बरामद रकममा एक हजार दरका १ करोड ९ लाख ८७ हजार, पाँच सय दरका ५१ लाख ५० हजार, एक रुपैयाँ दरका ५ लाख, ५० रुपैयाँ दरका ४२ हजार ६००, २० रुपैयाँ दरका ४२ हजार ३६०, १० रुपैयाँ दरका १० हजार २७० र पाँच रुपैयाँ दरका एक हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद रकमको स्रोत र घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800