

इनरुवा, ११ असार । असार १० गतेसम्म आगामी आर्थिक वर्ष २०८२।८३ का लागि बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुनसरीका १२ वटा स्थानीय तहमध्ये ११ स्थानीय तहले बजेट सार्वजनिक गरेका छन्। धरान उपमहानगरले भने आन्तरिक विवादकै कारण बजेट ल्याउन सकेन ।
धरान भने मेयर र उपमेयरबीचको विवादले नगरसभा नै बस्न नसकेपछि बजेट तर्जुमा गर्न सकेन। बहुभाषिक विद्यालयमा प्रयोग गरिएको जालीको भुक्तानी विवादले कार्यपालिका बैठकसमेत विफल भएपछि बजेट आउन सकेको छैन।
इटहरी उपमहानगरपालिकाले चालु वर्षको तुलनामा एक अर्ब रुपैयाँ घटाएर २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ। बराहक्षेत्रले १ अर्ब ६ लाख, रामधुनीले ८३ करोड, इनरुवाले ७९ करोड, दुहबीले ९३ करोड, भोक्राहाले ६० करोड, कोशीले ६० करोड, हरिनगरले ५८ करोड, बर्जुले ५९ करोड, गढीले ५७ करोड र देवानगञ्जले ५३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
इटहरी उपमहानगरपालिका
इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेस गरेको छ । नगर उपप्रमुख संगिता कुमारी चौधरीले मङ्गलवार सुरु १६ औँ नगर सभामा गत वर्षभन्दा एक अर्ब कमको अनुमानित बजेट प्रस्तुत गरेकी हुन ।
चालु आर्थिक वर्षको लागि गत वर्ष उपमहानगरले ३ अर्ब ५७ करोड ८३ लाख ५० हजार रुपैयाँको बजेट विनियोजन भएको थियो । नगर सभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित बजेटमा संघीय समानिकरण अनुदान २८ करोड ३० लाख, संघीय सशर्त अनुदान चालु खर्च तर्फ ४७ करोड १६ लाख , संघीय सशर्त अनुदान पुँजीगत खर्च तर्फ ४३ करोड २० लाख संघीय समपूरक अनुदान १ करोड ३६ लाख, संघीय विशेष अनुदान १ करोड ४२ लाख, प्रदेश समानिकरण अनुदान २ करोड ७५ लाख ६६ हजार, प्रदेश सशर्त अनुदान चालु खर्च तर्फ ७८ लाख ५ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्च तर्फ १ करोड २९ लाख २५ हजार, संघीय राजश्व बाँडफाँड १९ करोड २५ लाख १० हजार ७ सय ५९ रुपैयाँ, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड १ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिस्ट्रेसन ) ४० करोड, आन्तरिक श्रोतबाट ५८ करोड, र नगद मौज्दात परिवर्तनबाट ९ करोड ६७ लाख २० हजार २ सय ४१ रुपैयाँ गरी कुल जम्मा २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेस गरिएको हो ।
इनरुवा नगरपालिका
सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाको नगरसभा सोमबार सुरु भएको छ । नगरप्रमुख केदार भण्डारीले उद्घाटन गरेको नगरसभा उपप्रमुख विनिताकुमारी मेहताले आगामि आर्थिक वर्ष २०८२÷०८३ को बार्षिक आयब्ययको अनुमान (बजेट), न्यायिक समितिको प्रतिवेदन र आर्थिक विद्येयक २०८२ सभामा पेश गरेपछि बैठक आगामि असार २६ गतेसम्मको लागि स्थगित भएको छ ।
सोमबारको उद्घाटनसत्रमा उपमेयर द्धारा प्रस्तुत आर्थिक वर्ष २०८२÷०८३ को आयब्ययको अनुमान बजेट ७९ करोड ५९ लाख १२ हजार ९१५ रुपैयाको रहेको छ ।
जसमा संघीय समानिकरण अनुदानको रुपमा १६ करोड ५० लाख, संघीय शसर्त अनुदान चालु तर्फ ३० करोड ६० लाख, संघीय समपुरक अनुदान तर्फ ३ करोड ६ लाख, प्रदेश समानिकरण अनुदान तर्फ १ करोड ६० लाख ४२ हजार, प्रदेश समपुरक अनुदान तर्फ ८० लाख, प्रदेश शसर्त अनुदानतर्फ १ करोड ६७ लाख २४ हजार, संघीय राजस्व बाँडफाँडबाट १२ करोड ४८ लाख ५७ हजार ९१५, प्रदेश राजस्व बाँडफाँड (सवारी कर) बाट १ करोड १२ लाख ४४ हजार , मालपोत रजिष्ट्रेसन शुल्क, अन्य राजस्वसहितको आन्तरिक स्रोतबाट १० करोड, ६२ लाख ४५ हजार गरी बजेट तयार पारिउको हो ।
जसमध्ये नगरपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै १६ करोड ९३ लाख ५५ हजार ५६६ रुपैया विनियोजन गरेको छ । जसमध्ये वडाको भौतिक पूर्वाधार निर्माणमा ९ करोड रुपैया विनियोजन गरिएको छ ।
बराहक्षेत्र नगरपालिका
सुनसरीको बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२।८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको नगरपालिकाको १६औं नगर सभामा उपप्रमुख नन्दकुमारी सुनुवारले बजेट प्रस्तुत गरेकी हुन्।
बजेटसँगै सार्वजनिक नीति तथा कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी गराए । “नगरको जिम्मेवारी, गुणस्तरीय स्वास्थ्य सेवा” भन्ने सन्देशसहित सार्वजनिक बजेटमा सबै नगरवासीलाई सर्वसुलभ, सहज र समान स्वास्थ्य सेवा सुनिश्चित गरिने उल्लेख छ।
दुहबी नगरपालिका
दुहबी नगरपालिकाले अगामी आ.व.२०८२÷०८३ कालागी कुल बजेट ९३ करोड ६५ लाख ५६ हजार ८ सय रहेको जनाइएको छ । करिब २१ करोड दायित्व रह्को यो बजेट गत बर्ष भन्दा करिब ११ करोड कम हो ।नगर सभामा आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम दुहबी नगरकी उपप्रमुख मेनुका खतीवडाले प्रस्तुत गरेकी थिइन ।
नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका २ दिनको बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गर्ने दुहबी नगरपालिकाका प्रवक्ता बिजय चौधरीले जानकारी दिएका छन् ।
कोशी गाउँपालिका
कोशी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ६० करोड ९ लाख ३७ हजार १ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो बजेट सामाजिक सुरक्षा भत्ता बाहेकका विभिन्न विकासात्मक योजनाका लागि तोकिएको हो। गाउँसभामा उपाध्यक्ष अनितादेवी यादबले जानकारी दिँदै भनिन्, “हामीले विभिन्न श्रोतबाट यो बजेट सुनिश्चित गरेका छौं, जसमा संघीय र प्रदेश सरकारको समर्थन पनि समावेश छ।”
बजेटको मुख्य श्रोत संघीय सरकारबाट आएको छ, जसमा वित्तीय सामानीकरण मार्फत १२ करोड ४९ लाख, राजश्व बाडफाड मूल्य अभिवृद्धि करतर्फ ८ करोड १९ लाख २४ हजार ८३ रुपैयाँ र अन्तः शुल्कतर्फ २७ करोड ३० लाख ८ हजार २७७ रुपैयाँ रहेको उपाध्यक्ष यादबले बताइन्। यसका साथै, वन रोयल्टी र सशर्त अनुदानका लागि पनि उल्लेखनीय रकम छुट्याइएको छ।
भोक्राहा नरसिंह गाउँपालिका
भोक्राहा नरसिंह। आर्थिक वर्ष २०८२÷०८३ का लागि ६० करोड ३६ लाख ५० हजारको बजेट गाउँ सभा मार्फत सार्वजनिक गरिएको छ। असार ८ गते आइतबार, गाउँ सभा हलमा आयोजित १८औं गाउँ सभा अधिवेशनमा गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले यो बजेट र वार्षिक नीति कार्यक्रम प्रस्तुत गरेका हुन्।
गाउँ सभामा बजेटका प्राथमिक क्षेत्रहरू शिक्षा, स्वास्थ्य, कृषि, भौतिक संरचना र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिनको लागि उल्लेख गरिएको छ। अध्यक्ष अजादले भने, “कृषि पेसामा आधारित किसानहरुलाई कृषिकरणमा थप मदतका लागि कृषि मोटर बोडिङ्ग, निशुल्क स्वास्थ्य विमा, सडक तथा बाटोको कालोपत्र, मर्मत, महिलाको उद्यमशीलता र क्षमतामा अभिवृद्धि, जेष्ठ नागरिकलाई पहिलो प्राथमिकता र पोलबती जडान जस्ता नीतिहरूलाई निरन्तरता दिने बताए ।
देवानगञ्ज गाउँपालिका
देवानगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ५३ करोड ८८ लाख ६५ हजार ४१० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष विभा यादवले गाउँसभा समक्ष बजेट प्रस्तुत गर्दै समावेशी विकास, डिजिटल सेवा विस्तार, कृषि आत्मनिर्भरता, सामाजिक सुरक्षा तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।
गाउँपालिकाले कृषि क्षेत्रलाई आत्मनिर्भर र आकर्षक पेशाको रूपमा विकास गर्न १ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कृषि बिउ, फलफूल निःशुल्क वितरण, अनुदानमा तरकारी खेती र पशुपालन प्रवद्र्धन गरिनेछ। पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमलाई थप व्यवस्थित गर्न २५ लाख बजेट छुट्याइएको छ।
सातै वडामा पूर्वाधार विकासका लागि २ करोड ८० लाख पूँजीगत र कार्यालय सञ्चालनतर्फ ८४ लाख गरी कूल ३ करोड ६४ लाख बजेट विनियोजन गरिएको छ।
बर्जु गाउँपालिका
बर्जु गाउँपालिकाले आफ्नो १६औं गाउँसभा आयोजना गर्दै आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल ५९ करोड १३ लाख ६० हजार ७ सय ४७ रुपैयाँको आय–व्ययको अनुमान प्रस्तुत गरेको छ।
गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभाको अध्यक्षले सभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहको दोस्रो कार्यकालमा प्राप्त जिम्मेवारीलाई ईमानदारीपूर्वक निर्वाह गर्दै समृद्ध र विकासमुखी गाउँपालिकाको परिकल्पनामा अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्।
गाउँसभामा सामाजिक विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, महिला, दलित, अल्पसंख्यक तथा विपद व्यवस्थापन लगायतका विविध क्षेत्रका लागि छुट्टाछुट्टै समिति र बजेटको व्यवस्था गरिएको छ।
हरिनगर गाउँपालिका
हरिनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ५८ करोड ५४ लाख २ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँसभामा बजेट उपाध्यक्ष रिमझिम कुमारी भगतले पेश गरिन। ४१ करोड ११ लाख रुपैयाँ चालु खर्चतर्फ छुट्याइएको छ, जसमा तलब, प्रशासनिक सेवा, नियमित सेवा सञ्चालन, कार्यक्रम तथा तालीम लगायतका गतिविधिहरू समावेश छन्।
१७ करोड ४३ लाख २ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ, जसले पूर्वाधार निर्माण, विकास योजना, सामाजिक तथा आर्थिक रुपान्तरणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त तथा समपुरक अनुदान मार्फत ४२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, कोशी प्रदेश सरकारबाट पनि समानीकरण, समपुरक र विशेष अनुदान मार्फत २ करोड रुपैयाँको सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।
चालु आर्थिक वर्ष २०८१÷८२ मा ५४ करोड २० लाख ७० हजार ८ सय ९७ रुपैयाँको बजेट ल्याएको थियो। यस वर्षको बजेट विगतको तुलनामा करिब ४ करोड ३३ लाख रुपैयाँले बढी रहेको छ ।