मधेशका सभामुख मण्डल पदमुक्त

Logo
Popular News बुधबार, मंसिर ०४, २०८२

जनकपुरधाम, ३ मंसिर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकले उनीमाथि दर्ता भएको पदानुसार आचरण नगरेको प्रस्तावलाई दुई–तिहाइ बहुमतले पारित गरेसँगै मण्डल पदमुक्त भएका हुन्।

बैठकमा सभामुखविरुद्ध ७६ जना प्रदेशसभा सदस्यले मतदान गरे भने विरोधमा एक मत पनि परेन। सभामुख मण्डल भने बैठकमा अनुपस्थित रहेका थिए। मधेश प्रदेशसभामा कुल १०४ सदस्य छन्, जसअनुसार प्रस्ताव पारित गर्न आवश्यक दुई–तिहाइ मत ७२ हुन्छ।

कात्तिक २७ गते सात दलका ६४ जना प्रदेशसभा सदस्यले मण्डलविरुद्ध प्रस्ताव दर्ता गराएका थिए। सभामुखको विपक्षमा कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी थिए। एमाले, राप्रपा र नेपाल संघीय समाजवादीका सांसद आजको मतदानमा अनुपस्थित रहे।

यसअघि पनि मण्डल पहिलो कार्यकालमा सभामुख पदबाट हटाइएका थिए। पहिलो कार्यकालमा उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। वाम एकतापछि नेकपा बने पनि एकता टुटेपछि माओवादीमा फर्किनुको सट्टा एमालेतर्फ लागेकै कारण उनी साढे तीन वर्षमै पदमुक्त भएका थिए।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800