

इनरुवा, १२ असार । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागु पदार्थ दुव्र्यसन नियन्त्रणमा सबैको भुमिका महत्वपुर्ण हुने बताएका छन ।
“अबको युद्ध, दुव्र्यसन विरुद्ध” भन्ने मूल नाराका साथ लागू औषध तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इनरुवामा आयोजित कार्यक्रम बताएका हुन ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र फ्यान जिल्ला कार्य सम्पादन समिति सुनसरीको आयोजनामा तथा इनरुवा नगरपालिकाको सहकार्यमा भएको कार्यक्रम जिल्ला प्रहरी कार्यालयबाट प्रभातफेरी कार्यक्रममा शुरु भई इनरुवा नगरपालिका–३ स्थित ओम साई पार्टी प्यालेसमा औपचारीक कार्यक्रममा रुपान्तरण भएको थियो ।
कार्यक्रमको दौरान फ्यान अभियान अन्तर्गत सुनसरी जिल्लाका सिमाना क्षेत्रमा रहेका प्रहरी इकाईहरुद्वारा गठन गरिएका फ्यान भोलेन्टर्सहरूलाई प्रशंसा पत्रसहित फ्यान लोगो अंकित टिसर्ट वितरण गरिएको थियो ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश सांसदहरू रामप्रसाद मेहता, इस्राइल मन्सुरी, जिल्ला समन्वय समिति प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, धरानस्थित नेपाल प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, भगवती इटहरी सुनसरीका प्रमुख सेनानी राजन भुजु, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका उप–अनुसन्धान निर्देशक विमल धिमिरे लगायत जिल्ला स्तरीय उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्षहरू, बुद्धिजीवी, पत्रकार, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, सुरक्षा निकायका राष्ट्रसेवक, राजनीतिक दलका प्रतिनिधिहरु, र सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको थियो ।