सरकार र डा. गोविन्द केसीबीच ६ बुँदे सहमति, २५औँ सत्याग्रह अन्त्य

Logo
Popular News शनिबार, कार्तिक २२, २०८३

इनरुवा, २१ कात्तिक । नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर सहमति गर्दै डा. केसीको अनशन तोडाएका हुन्।

डा. केसीको अनशन अन्त्य भएपछि मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनशन हुने बताएका छन्। उनले सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्ने पनि स्पष्ट पारे।

उनले भने, “यो डा. केसीको अन्तिम अनशन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ।”

डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800