सुनसरीको देवानगञ्जबाट ६२ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ

Logo
Popular News आइतबार, कार्तिक २३, २०८३

इनरुवा, २२ कार्तिक । सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट ६२ किलोभन्दा बढी गाँजासहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति करिब १ः४५ बजे देवानगञ्ज गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा ६२ किलो २४० ग्राम गाँजासहित २२ वर्षीय नित्यानन्द यादव पक्राउ परेका हुन्।

देवानगञ्जबाट कप्तानगञ्जतर्फ जाँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार यादवले बोकेको अवस्थामा प्रहरीले ३१ किलो १०० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला पारेको थियो।

त्यसपछि सोही स्थानमा थप चेकजाँच गर्दा सडक छेउको झाडीबाट थप ३१ किलो १४० ग्राम गाँजाजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

देवानगञ्ज गाउँपालिका–२ निवासी यादवलाई बरामद गरिएको कुल ६२ किलो २४० ग्राम गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800