कोशी प्रदेशको आगामी आर्थिक वर्षको २०८२।०८३ को बजेट पारित

Logo
Popular News शुक्रबार, आषाढ १३, २०८२

विराटनगर, १३ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट पारित भएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकले सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (४७.७ प्रतिशत) विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि प्रदेश सरकारले विभिन्न स्रोतहरू निर्धारण गरेको छ । जसअनुसार, आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड, र सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड रुपैयाँ जुटाइनेछ । यसैगरी, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड, समपूरक अनुदानबाट ३९ करोड र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य छ । बजेट पारित भएसँगै अब सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800