

विराटनगर, २६ असार । विराटनगरको गोल्डेन हस्पिटलले उपचार गराउन आउने बिरामीलाई विभिन्न शल्यक्रिया सेवामा छुट दिने भएको छ ।
गोल्डेन हस्पिटल सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर सबै प्रकारका शल्यक्रियामा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
गोल्डेन हस्पिटलका प्रबन्ध निर्देशक डा. रौनियारले सबै प्रकारका रोगको शल्यक्रियामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताए । शल्यक्रियाका लागि चाहिने औषधि सिधै औषधि उत्पादक कम्पनीबाट आइरहेकोले शल्यक्रिया सस्तो भएको डा.रौनियारले बताए ।
५० प्रतिशत छुटमा औषधि आइरहेकोले जसको कारण शल्यक्रिया सस्तो भएको डा. रौनियारले बताए । शल्यक्रिया मात्रै होइन सबै प्रकारका रोगका बिरामीलाई छिटो छरितो सेवा प्रवाह भइरहेको डा. रौनियारले बताए ।
छुटले गर्दा मोटो रकमको जोहो गर्न नसक्दा रोग पालेर बस्नु पर्ने अवस्थाको समेत अन्तय हुने र गरिब तथा निम्न आयस्तर भएका व्यक्तिले सस्तोमा उपचार पाउने डा. रौनियारले बताए ।
डा. रौनियारले २० हजार रुपैयाँमा हाइड्रोशीलको शल्यक्रिया, २० हजार रुपैयाँमा अपेडिक्सको शल्यक्रिया, २५ हजारमा पाठेघरको शल्यक्रिया, १५ हजारमा सिजेरियन डेलिभरी, ५ हजारमा सामान्य डेलिभरी, ३५ हजारमा फेस तथा अनुहारको शल्यक्रिया, २५ हजारमा कानको जाली फुटेको शल्यक्रिया, २५ हजारमै मुत्रनालिमा भएको पथरिको शल्यक्रिया, ३० हजारमा टनशीलको शल्यक्रिया, ३० हजारमा नाक बाङ्गो भएको शल्यक्रिया, ३५ हजारमा किड्नीको पथरिको शल्यक्रिया र ४० हजारमा पित्तथैलीको पथरीको प्याकेजमै शल्यक्रिया भइरहेको बताए ।
पत्रकार सम्मेलनमा गोल्डेन हस्पिटलका प्रबन्ध निर्देशक डा.श्यामकुमार रौनियार र हस्पिटलका बोर्ड अफ डाइरेक्टर सनातन मण्डल उपस्थित थिए ।