कोशी प्रदेश सरकारको चालु आर्थिक बर्षको खर्च ७७.२६ प्रतिशत

Logo
Popular News बिहिबार, आषाढ २६, २०८२

विराटनगर, २६ असार । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल बजेटमध्ये ७७.२६ प्रतिशत रकम खर्च गरेको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँमध्ये बुधबार मध्यरातिसम्म २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भइसकेको छ, जुन कुल बजेटको ७७ दशमलव २६ प्रतिशत हो।
खर्चको बाँडफाँट हेर्दा पुँजीगत खर्चतर्फ ७९ दशमलव २६ प्रतिशत अर्थात् १३ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ । चालू खर्चतर्फ ७५ दशमलव २९ प्रतिशत अर्थात् १२ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ।

बजेट खर्चको विवरणले प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमा बढी केन्द्रित भएको देखिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले मात्र ११ अर्ब १९ करोडमध्ये ८ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ । भने प्रदेशले स्थानीय तहलाई विनियोजन गरेको ५ अर्ब ६ करोड ८५ लाखमध्ये ४ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800