सुनसरीमा सम्बन्ध बिच्छेदका मुद्दा सबैभन्दा धेरै,चालु आर्थिक वर्षमा लक्ष्यको करिब ९० प्रतिशत मुद्दा फछ्र्यौट

Logo
Popular News शुक्रबार, आषाढ २७, २०८२

इनरुवा, २७ असार । सुनसरी जिल्ला अदालतले चालु आर्थिक वर्षमा लक्ष्यको करिब ९० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

शुक्रवार अदालतमा पत्रकार भेटघाट कार्यक्रममा सुनसरी जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले कुल लक्ष्यको करिब ९० प्रतिशत अथवा ८९ दशमलव १८ प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएको जानकारी दिए ।
चालु वर्षमा दर्ता भएका १० हजार १६ वटा मुद्दा मध्ये ५ हजार ९ सय ९३ मुद्दा फछ्र्यौट भएको सुनसरी जिल्ला अदालतले जानकारी दिएको छ । यसमा अघिल्लो आर्थिक वर्षबाट ४ हजार १ सय ४६ मुद्दा दायित्व सरेर आएको अदालतले जनाएको छ । अदालतले अब ३ हजार ९ सय १४ मुद्दा फैसला गर्न बाँकी रहेको छ ।

सुनसरी जिल्ला अदालतमा पहिलो पटक यत्तिको धेरै सङ्ख्यामा मुद्दा दर्ता भएर फछ्र्यौट भएको राणाले बताए ।

अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदको मुद्दा रहेको श्रेष्तेदार राणाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै सम्बन्ध बिच्छेदका १ हजार २ सय १६ मुद्दा दर्ता भए । जसमध्ये १ हजार २ सय सम्बन्ध बिच्छेदका मुद्दा फछ्र्यौट भएको श्रेष्तेदार राणाले बताए ।

सम्बन्ध विच्छेद पछि लागु औषध, बैकिंङ कसुर र जबरजस्ती करणीको मुद्दा तुलनात्मक रूपमा बढी मात्रामा दर्ता भएको अदालतले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800