सवारी लाइसेन्सको अवधि अब १० वर्ष

Logo
Popular News शुक्रबार, साउन १७, २०८२

काठमाडौँ, १६ साउन । सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्षलाई हुने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार यस अघि ५ वर्ष म्याद रहने व्यवस्था भएता पनि अब १० वर्ष हुने भएको हो ।
जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।
संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पु¥याइएको छ ।
यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800