

विराटनगर। २५ भाद्र । विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दीहरूले भाग्ने प्रयास गरेपछि नेपाल प्रहरीले १६ राउन्ड हवाई फायर गरेको छ ।
कैदीहरूले नाराबाजी गर्दै कारागारको मुख्य गेट तोड्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १६ राउन्ड हवाई फायर गरेको थियो । त्यसपछि नेपाली सेनाको टोली घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिएको हो ।
हाल कारागार परिसरमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । कैदीबन्दीहरूले ताला फोडेर भाग्ने प्रयास गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीहरूको थप टोली परिचालन गरी कारागार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मोरङ कारागारमा हाल १ हजारभन्दा बढी कैदीबन्दीहरू रहेका छन् ।