इनरुवा, २ असोज । चन्दामोहन पुल (बुढीखोला) मा मूर्ति विसर्जन गर्ने क्रममा पानीमा डुवेर एक जनाको मृत्यु भएको छ ।
बर्जु गाउँपालिका वडा नं.–१ शुक्रबारेका उमेश यादवका २० वर्षीय छोरा विषेश्वर यादवको मृत्यु भएको हो।
शुक्रबार दिउँसो करिब ३ः२० बजे चन्दामोहन पुल (बुढीखोला) मा मूर्ति विसर्जन गर्ने क्रममा यादव नदीमा डुबेका थिए। घटनापछि तत्कालै स्थानीयवासीहरू र चिमडी इलाका प्रहरी कार्यालयको प्रहरी टोली उद्धार कार्यमा जुटेका थिए ।
करिब तीन घण्टा लामो खोजीपछि उद्धार टोलीले उनको शव फेला पारेको प्रहरीले जनाएको छ।