

काठमाडौँ, ६ असोज । अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डलमा चार मन्त्रीले सपथ लिएका छन् ।
राष्ट्रपति कार्यलय शितलनिवासमा चारै मन्त्रीहरुले शपथ लिएका हुन ।
अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकास र जगदीश खरेलले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ पाँच जनाको नाम राष्ट्रपति कार्यलयमा पठाएकी थिइन् । अन्तिम समयमा प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रीको रुपमा सिफारिस गरिएकी डा. संगीता कौशल मिश्राको नाम हटाएर बाँकी चार जनाको नाम मात्रै पठाएकी थिइन् ।