

इनरुवा, १० असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा सहित कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ बाट सडक छेउमा वेवासिसे अवस्थामा रहेको BR11BR 7102 नम्बरको कारलाई शंका लागी चेकजाँच गर्दा उक्त कार भित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज कार्य भईरहेको प्रहरीले जनाएको छ ।