

इनरुवा, १० असोज । कोशी प्रदेश सभाको जारी बर्षे अधिवेशन अन्त्य भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कोशी प्रदेश सभाको जारी बर्षे अधिवेशन अन्तय गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्त्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार आज १० असोज शुक्रबार राती १२ बजेबाट कोशी प्रदेश सभाको चालू सातौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको जानकारी दिए ।
जेनजी आन्दोलनको वहानामा अराजक समुहले आगजी गरेर ध्वस्त बनाएको कोशी प्रदेश सभा सचिवालयले जीर्ण अवस्थामा रहेको मिडिया सेन्टरको कोठाबाट काम सुरु गरेको थियो ।
२४ भदौमा जेनजी आन्दोलनको वहानामा अराजक समुहले तोडफोड र आगजनी गरेर कोशी प्रदेश सभाको सचिवालय र संसद बैठक सहित चारवटा भवन , फर्चिर र कमप्युटरहरु समेत ध्वस्त बनाइएको थियो ।
अराजक समुहको आगजनीबाट चार बर्ष अघि १५ करोडमा निर्माण भएको कोशी प्रदेश सभाको नयाँ संसद भवन जलेर पुर्ण क्षति भएको छ । १३ भदौमा जारी बर्षे अधिवेशनको ३९ औ बैठकमा कोशी प्रदेश तथ्यांङक सम्बन्धि कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक पारित गरेपछि अर्को सूचना नभएसम्मका लागि संसदको बैठक स्थिगित भएको थियो ।