

इनरुवा, १४ असोज । इटहरीमा एक यूवकले काठको बटम टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ घर भई इटहरी उपमहानगरपालिका–१२ मा डेरा गरी बस्ने ३० वर्षीय सुमन दाहालले २५ वर्षीया श्रीमती अनिषा भट्टराईको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ ८ बजेतिर उनले काठको बटमले श्रीमतीको टाउकामा प्रहार गरेका थिए ।गम्भीर घाइते अनिषालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पु¥याइएको थियो ।
उपचारको क्रममा राति ९ः१० उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए । घटनापछि दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।