

इनरुवा, १ कर्तिक । मुग्लिन–नारायणघाट सडक खण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा सात वटा गाडीहरु एक आपसमा ठोक्किएका छन् । बिहान साढे ७ बजेतिर ट्रकले यात्रुबसलाई ठक्कर दिएपछि बसको पछाडि रहेका अरू गाडी पनि ठोक्किन पुगेका हुन् ।
प्राप्त जनकारी अनुसार दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि चितवनको भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले जानकारी दिए । क्षतिको थप विवरण संकलन भैरहेको चितवन प्रहरीले जनाएको छ ।