कोशी प्रदेशसभा अब कटहरीको कृषि बजारमा

Logo
Popular News शुक्रबार, कार्तिक २२, २०८२

इनरुवा, २१ कार्तिक । कोशी प्रदेशसभाको प्रशासनिक र संसदीय गतिविधि अब मोरङको कटहरीस्थित फलफूल तथा तरकारी थोक बजारको भवनबाट सञ्चालन हुने भएको छ।

कटहरी गाउँपालिकाले प्रदेश सरकारलाई भवन प्रयोगका लागि निःशुल्क रूपमा उपलब्ध गराउने सहमति जनाएको हो।गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रदेशसभाका भवनमा तोडफोड र आगजनी भएपछि बैठक स्थगित भएको थियो। त्यसयता सचिवालय विराटनगरको मिडिया सेन्टरमा अस्थायी रूपमा सञ्चालन हुँदै आएको थियो।

अब भने केही दिनमै सम्पूर्ण प्रशासनिक र संसदीय गतिविधि कटहरीबाट सुरु हुने तयारी भएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताएका छन्।सरकारले अगामी मन्त्रिपरिषद् बैठकबाट औपचारिक निर्णय गर्ने तयारी गरेको छ।संघीय सरकारको करिब १५ करोड रुपैयाँ लागतमा बनेको यो भवन ५ बिघाभन्दा बढी क्षेत्रमा फैलिएको छ।

यही संरचनाभित्र नयाँ बैठक हल निर्माण गरी मंसिरको पहिलो साताबाट हिउँदे अधिवेशन सुरु गर्ने योजना प्रदेश सरकारले बनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800