पार्टी छाडेका नेता–कार्यकर्तालाई मूलघर फर्किन आह्वान : जसपा नेपाल

Logo
Popular News शुक्रबार, कार्तिक २२, २०८२

काठमाडौं, २१ कात्र्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी छाडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन आह्वान गरेका छन् ।

ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकपछि उनले विगतका विभिन्न कारण र परिस्थितिका कारण पार्टीबाट अलग भएका कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आग्रह गरे ।
‘पार्टी स्थापनाकालदेखि जे–जस्ता कारणले असन्तुष्ट भएर पार्टी छाड्नुभयो, अहिले त्यो सबै बिर्सेर पुरानो घरमा फर्किनुहोस्,’ अध्यक्ष यादवले भने, ‘जसपा नेपाल हामी सबैको साझा संस्था हो । फर्किनुमा कुनै अप्ठ्यारो मान्नु पर्दैन ।’

अध्यक्ष यादवले पार्टीमा फर्कने नेताहरूलाई उनीहरूको क्षमता, दक्षता र भूमिकाअनुसार उचित स्थान र जिम्मेवारी दिइने पनि स्पष्ट पारे ।
उनका अनुसार जसपा नेपाल सबैको घर भएकाले विगतमा योगदान पु–याएका नेता तथा कार्यकर्तालाई स्वागतका लागि पार्टीको ढोका सधैं खुला रहनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800