प्रतिनिधिसभा निर्वाचन : प्रचार–प्रसार अवधि १४ दिन मात्र

Logo
Popular News शुक्रबार, कार्तिक २२, २०८२

काठमाडौँ, २१ कार्तिक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्ययोजना सार्वजनिक गरेको छ ।

आयोगको कार्ययोजना अनुसार निर्वाचन प्रचार–प्रसारका लागि १४ दिन मात्र समय तोकिएको छ ।
आयोगका अनुसार प्रचार–प्रसार अवधि फागुन ४ गतेदेखि १८ गतेसम्म रहनेछ । त्यसपछि मौन अवधि सुरु हुनेछ । मौन अवधिपछि उम्मेदवार वा दलले कुनै किसिमको प्रचार गर्न नपाउने व्यवस्था रहनेछ ।
आयोगले फागुन १२ गतेभित्र सबै जिल्लाका सदरमुकाममा मतपत्र पु¥याइसक्ने तयारी गरेको छ । त्यसपछि ती मतपत्र सम्बन्धित मतदान केन्द्रहरूमा पठाइनेछन् ।
राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा आयोगले निर्वाचन पूर्व तयारी र आगामी कार्यक्रमबारे विस्तृत जानकारी दिएको हो ।

बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले संसदीय समितिलाई तयारीको अवस्था बारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800