मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णको सपथ

Logo
Popular News मंगलबार, कार्तिक २६, २०८२

काठमाडौँ, २५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार शीतल निवासमा आयोजित एक विशेष समारोहकाबीच मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ गराएका छन्।
यसअघि राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका थिए। राष्ट्रपतिको सचिवालयका अनुसार नेपाल संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मङ्गलबारदेखि नै भण्डारीे पदमुक्त भएको लागू गरिएको हो।

सरकारले सोमबार कानुनविपरीत मुख्यमन्त्री नियुक्त गरेको आरोपमा भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो। भण्डारीले बिरामी भएको कारण जनकपुरबाट काठमाडौं प्रस्थान गरेको बताउँदै पनि नाटकीय ढंगले बर्दिबासस्थित एक होटलमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको रूपमा शपथ गराएकी थिइन्।

शपथ विवाद सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्को आलोचना भएको थियो, जसपछि सरकारले उनीमाथि कारबाहीको सिफारिस गरेको हो।
नवनियुक्त प्रदेश प्रमुख कर्णले पदभार ग्रहणसँगै मधेस प्रदेशमा नयाँ राजनीतिक अध्याय सुरु भएको टिप्पणी गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800