सरकारले प्रतिक्विन्टल ६२० रुपैयाँ उखुको खरिद मूल्य तोक्यो

Logo
Popular News मंगलबार, मंसिर २४, २०८२

इनरुवा, २३ मंसिर । सरकारले चालु आर्थिक वर्ष २०८२।८३ का लागि उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको प्रतिक्विन्टल ६ सय २० रुपैयाँ खरिद मूल्य तोक्ने निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलका अनुसार किसानलाई अतिरिक्त राहतस्वरूप प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराइनेछ। उनले उखु किसानको उत्पादन लागत, बजार मूल्य तथा चिनी उद्योगहरुको अवस्थालाई आधार मानेर समर्थन मूल्य तोकिएको जानकारी दिए।

सरकारले हरेक वर्ष जस्तै यस वर्ष पनि उखु कृषकको आय सुरक्षित गर्न, उखु खेतीलाई प्रोत्साहन दिन तथा चिनी उद्योग र किसानबीच सम्भावित मूल्य विवाद रोक्न न्यूनतम समर्थन मूल्य तोक्ने गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800