चौथो पटक मन्त्रिपरिषद् विस्तार, ४ नवनियुक्त मन्त्रीले गरे शपथ

Logo
Popular News शुक्रबार, मंसिर २७, २०८२

काठमाडौँ,२६ मंसिर । नवनियुक्त ४ मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकालमा चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्रीहरू थपेकी हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, माधव चौलागाईँ वन तथा वातावरण मन्त्रालय, राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कुमार इङ्नाम  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यससँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् अब १४ सदस्यीय बनेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800