नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित

Logo
Popular News बिहिबार, पुष ०३, २०८२

इनरुवा, ३ पुस । नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्षसहित अधिकांश पदमा ओली समूहका उम्मेदवारहरूको वर्चश्व देखिएको छ। दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा सहभागिता जनाएका थिए।

पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै निर्वाचित भएका छन्। सचिव पदमा भने सबै ओली प्यानलकै उम्मेदवारहरू विजयी भएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800