इनरुवा, ६ पुस । मधेस प्रदेशसभाको सभामुखमा रामआशिष यादव विजयी भएका छन् । रिक्त सभामुख पदका लागि आइतबार सम्पन्न निर्वाचनमा यादवले जीत हात पारेका हुन् ।
सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादव र नेकपा एमालेका प्रदेश सांसद त्रिलोकी प्रसाद सभामुख पदका प्रत्यासी थिए ।
निर्वाचनमा खसेको कुल ९६ मतमध्ये यादवले ७२ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी त्रिलोकी प्रसादले २४ मत मात्रै प्राप्त गरे ।
यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा गत मंसिर ३ गते प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा पदमुक्त गरेपछि नयाँ सभामुख चयनका लागि निर्वाचन गरिएको हो ।