अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको एउटै चुनाव चिह्न ‘जाँतो’

Logo
Popular News सोमबार, पुष १४, २०८२

इनरुवा, १४ पुस । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न ‘जाँतो’ प्रयोग गरेर उम्मेदवारी दिने भएका छन्।

तीनवटै दलले नागरिक उन्मुक्ति पार्टी नेपालको ‘जाँतो’ चिह्नमा समानुपातिक तर्फको बन्द सूची बुझाउने निर्णय गरेका छन्। यसअघि नै निर्वाचन आयोगमा तीनवटै पार्टीले एकल चुनाव चिह्न ‘जाँतो’ रहने गरी दल दर्ता गराइसकेका थिए।

जसपा नेतृ सुशीला श्रेष्ठले तीन दलबीच सहमति भइसकेको उल्लेख गर्दै भनिन्, “हामीले एउटै चुनाव चिह्नमा समानुपातिक बन्द सूची बुझाउने निर्णय गरेका छौँ।”

तीन दलबीचको यो सहकार्यलाई मधेश तथा पहिचानमुखी राजनीतिक एकताका रूपमा हेरिएको छ। संयुक्त चुनावी रणनीतिले आगामी निर्वाचनमा प्रभाव बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800