कांग्रेस–कम्युनिष्टले देशलाई अधोगतिमा पुर्‍याए : उपेन्द्र यादव

Logo
Popular News सोमबार, पुष १४, २०८२

जनकपुरधाम, १४ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत तीन दशकदेखि शासन गर्दै आएका कांग्रेस र कम्युनिष्ट दलहरूले देशलाई अधोगतिमा पुर्‍याएको आरोप लगाएका छन्।

जनकपुरधाममा आज आयोजित वृहत् विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट दलहरूबाट मुलुकको विकास सम्भव नरहेको दाबी गरे। उनले संविधान संशोधन नगरी गर्न लागिएको निर्वाचन जेनजी विद्रोह प्रतिको धोखा भएको बताए।

भ्रष्टाचार नियन्त्रण, शासकीय स्वरूपमा परिवर्तनलगायत मागसहित उठेको जेनजी विद्रोहका मूल माग सम्बोधन नगरी गरिने निर्वाचनले मुलुकको अवस्था र व्यवस्थामा कुनै ठोस परिवर्तन नआउने उनको भनाइ थियो। संविधान जारी भएदेखि नै आफूहरू त्यसको विरोधमा रहेको उल्लेख गर्दै समयमै माग सम्बोधन गरिएको भए जेनजी विद्रोहको अवस्था नै नआउने उनले दाबी गरे।

अध्यक्ष यादवले हालको संसदीय व्यवस्थाले मुलुकलाई उभो लगाउन नसक्ने भन्दै शासकीय प्रणालीमा परिवर्तन आवश्यक रहेको बताए। उनका अनुसार प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद नै मुलुकको वैकल्पिक व्यवस्था हुन सक्छ।

सरकारले जेनजी विद्रोहका माग सम्बोधन नगरी निर्वाचन गर्न लागे पनि आफूहरू निर्वाचनबाट नभाग्ने उनले स्पष्ट पारे। मधेश विद्रोहदेखि उठाइँदै आएका माग र जेनजी विद्रोहका मुद्दा सदनमा मजबुत रूपमा उठाउन तथा उत्पीडित र शोषित जनताको आवाज प्रतिनिधित्व गर्न निर्वाचनमा सहभागी हुने उनले बताए।

मुलुकले खोजिरहेको परिवर्तन साकार पार्न मधेश विद्रोहलाई नेतृत्व गरेका शक्तिहरू पुनः एकजुट हुन लागेको जाकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800