रवि, बालेन र कुलमानबीच सहमति

Logo
Popular News सोमबार, पुष १४, २०८२

काठमाडौं, १४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ।

जेनजी अभियानका अगुवा सुदन गुरुङले तीन नेताबीच सहमति जुटेको जानकारी दिएका हुन्। गुरुङले भने, “मैले कुलमान, बालेन र रविलाई मिलाएरै छाडेँ।”

उनका अनुसार देशको वर्तमान राजनीतिक अवस्थालाई परिवर्तन गर्न नयाँ शक्तिहरूबीच एकता आवश्यक रहेको निष्कर्षसहित सहमति भएको हो। सहमतिका विस्तृत शर्त र चुनावी मोडालिटीबारे भने औपचारिक घोषणा हुन बाँकी रहेको जनाइएको छ।

तीनै व्यक्तित्वलाई वैकल्पिक राजनीति र सुशासनको पक्षधरका रूपमा हेरिँदै आएको छ। यस सहमतिले आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरण हुने सम्भावना बढाएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800