मधेश प्रदेशमा १२ सदस्यीय मन्त्रिपरिषद्

Logo
Popular News बुधबार, पुष १६, २०८२

इनरुवा, १६ पुस । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् १२ सदस्यीय बनेसँगै पूर्णता पाएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै थप ६ जना मन्त्रीलाई समेटेपछि मन्त्रिपरिषद् पूर्ण भएको हो।

सरकार गठन भएको करिब एक महिनापछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभले उनीहरूलाई शपथ गराएका हुन्।

शपथ ग्रहण गर्ने मन्त्रीहरूमा मनिष सुमन श्रम तथा यातायात मन्त्री, राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री, शंकरप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री तथा फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्री रहेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800