सुनसरीका चारै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Logo
Popular News शनिबार, माघ ०४, २०८२

इनरुवा, ३ माघ। सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि शुक्रबार कार्यालयहरू उद्घाटन गरिएको हो ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारी मनोनयन माघ ६ गते हुने भएकाले इनरुवा नगरपालिका–२ स्थित शिक्षा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत प्रकाश राउतको अध्यक्षतामा उक्त कार्यालय उद्घाटन गरिएको हो ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ र ४ का लागि इनरुवामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय दुहबीमा स्थापना गरिएको छ । उक्त कार्यालयका निर्वाचन अधिकृत रोल्पाका जिल्ला न्यायाधिवक्ता पदमबहादुर कार्की रहनुभएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय धरानमा स्थापना गरिएको छ । जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार धरानमा कार्यालय उद्घाटन भइसकेको छ । निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दिव्यराज घिमिरे रहनुभएको छ ।

जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत र चार जना निर्वाचन अधिकृत तोकिसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800