सिरहा, १६ माघ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको गोली प्रहारबाट हत्या भएको छ। सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला नजिक खेत जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यादव ट्याक्टर प्रयोग गरी खेत जोतिरहेका बेला अचानक गोली प्रहार भएको हो। गोली लागेर गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष महेशकुमार यादवले जानकारी दिए।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। हालसम्म गोली प्रहार गर्ने व्यक्ति पहिचान खुल्न सकेको छैन।
प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजीका लागि आसपासका क्षेत्रको निगरानी बढाइएको छ।