विराटनगर, २० माघ । मोरङको रंगेली नगरपालिका–५ बहुवनमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान श्रीमतीको हत्या भएपछि श्रीमानले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मोरङ प्रहरीका अनुसार रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घरमा पुगेर श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन्। घटना बिहान करिब २ः४५ बजेतिर भएको जनाइएको छ।
प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेश सोमबार साँझ ससुराली घर पुगेका थिए। घरेलु विवादका क्रममा श्रीमतीको हत्या भएको र त्यसपछि श्रीमानले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र विवादको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।