आजदेखि निर्वाचन प्रचार–प्रसार खुल्ला

Logo
Popular News सोमबार, फाल्गुण ०४, २०८२

इनरुवा, ४ फागुन। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज फागुन ४ गतेदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने कानुनी व्यवस्था रहेको छ।

सोही व्यवस्थाअनुसार फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन्। निर्धारित अवधिभित्र रहेर उम्मेदवारहरूले मतदातासमक्ष औपचारिक रूपमा मत माग्न पाउनेछन्।

आयोगले निर्वाचनको निष्पक्षता र मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सबै दल, उम्मेदवार तथा सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिएको जनाइएको छ।

आचारसंहिता उल्लङ्घन भएको पाइएमा सम्बन्धित दल वा उम्मेदवारलाई स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाही प्रक्रिया अघि बढाइने आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800