बालेन शाह निर्वाचित, ओली पराजित

ओली ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित
Logo
Popular News शनिबार, फाल्गुण २३, २०८२

विराटनगर, २३ फागुन । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेन निर्वाचित भएका छन्। उनलाई निर्वाचन अधिकृतको कार्यालयले शनिबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।

शाहसँग नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओली पराजित भएका हुन्।

शाह ६८ हजार ३४८ मतसहित विजयी हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए। यससँगै शाहले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800