विराटनगर, २३ फागुन। केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेकोमा बधाई दिएका छन्।
झापा–५ बाट निर्वाचित भएका शाहलाई ओलीले शनिबार बधाई तथा शुभकामना दिएका हुन्। बालेनलाई ‘बाबु’ भनेर सम्बोधन गर्दै उनले पाँच वर्षे कार्यकाल सफल रहोस् भन्ने कामना गरेका छन्।
‘बालेन बाबु, विजयका लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न र सफल रहोस्, हार्दिक शुभकामना,’ ओलीले भनेका छन्।
निर्वाचन परिणामअनुसार शाहले ओलीलाई झन्डै ५० हजार मतको अन्तरले पराजित गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै निर्वाचनमा होमिएको थियो। प्रारम्भिक परिणामहरू अनुसार रास्वपाले प्रतिनिधिसभामा बहुमत नजिक पुग्ने संकेत देखिएको छ।