इनरुवा, २४ फागुन । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
राईले आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङलाई ८ हजार ४ सय ९२ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् भने तामाङले २७ हजार २४९ मत पाएकी छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका सूर्य भट्टराईले ६ हजार २५८ मत पाएका छन्।
धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राईले जेन्जी आन्दोलनपछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरेका थिए।