विहीबार बिहान ११० समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

प्रमाणपत्र वितरणपछि सोही दिन दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन रामचन्द्र पौडेल लाई बुझाइने कार्यक्रम रहेको छ
Logo
Popular News बुधबार, चैत्र ०४, २०८२

काठमाडौं, ४ चैत्रनिर्वाचन आयोग ले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई विहीबार बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराई का अनुसार बिहान ११ बजे आयोगको कार्यालयमा प्रमाणपत्र वितरण कार्यक्रम तय गरिएको छ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा कुल ११० सांसद निर्वाचित हुने व्यवस्था छ। प्राप्त मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७, नेपाली कांग्रेस ले २०, नेकपा एमाले ले १६, नेपाल कम्युनिस्ट पार्टी ले ९ तथा श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी ले ४–४ सांसद पाउने निर्क्यौल आयोगले गरिसकेको छ।

प्रमाणपत्र वितरणपछि सोही दिन दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन रामचन्द्र पौडेल लाई बुझाइने कार्यक्रम रहेको छ। अपराह्न ४ बजे शीतलनिवास मा प्रतिवेदन बुझाइने तय भएको छ।

आयोगले प्रतिवेदन बुझाएपछि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरी निर्वाचनसम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800