इनरुवा, ११ चैत्र । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चैत १३ गते शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
शपथ ग्रहण कार्यक्रम मध्याह्न १२:३४ बजेका लागि तय गरिएको छ । उक्त समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकद्वारा स्वस्ती शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने तालिका रहेको छ ।
त्यस्तै, बालेन्द्र शाहले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।