इनरुवा, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समावेश भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता नियुक्त भएकी छन्। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी र कृषि तथा पशुपन्छी विकास मन्त्रीमा गीता चौधरी नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेल ले शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।