इनरुवा, १४ चैत । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नहुने बताएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री गुरुङले यो कदम प्रतिशोध नभई न्यायको सुरुवात भएको बताएका हुन् ।
उनले लेखेका छन्, “कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।”
गुरुङले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन् ।
प्रहरीले ओली र लेखकलाई आज बिहानै पक्राउ गरेको जनाएको छ ।