इनरुवा, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीले उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको विरोधपत्रमा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिएको हो।
उक्त विरोधपत्र बुझाउन इनरुवास्थित प्रशासन कार्यालयमा एमाले सुनसरी अध्यक्ष परशुराम यादवको नेतृत्वमा टोली पुगेको थियो।
पार्टीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूको तत्काल रिहाइको माग पनि गरेको छ।