संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल गठन, चैत १९ मा संसद् अधिवेशन बोलाउन सिफारिस

Logo
Popular News सोमबार, चैत्र १६, २०८२

इनरुवा, १६ चैत। सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागिता रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलको नेतृत्व प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहले गर्नेछन्।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार संविधान संशोधनका विषयमा राष्ट्रिय सहमतिमा आधारित बहसपत्र तयार गरिनेछ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800